Kathmandu Press

डिआईजी केसीको ‘सम्बन्धको दोबाटो’ कथा संग्रह सार्वजनिक

शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित एक समारोहमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले ‘सम्बन्धको दोबाटो’को लोकर्पण गरे।
डिआईजी केसीको ‘सम्बन्धको दोबाटो’ कथा संग्रह सार्वजनिक

काठमाडौं, पुस १४ : प्रहरी नायब महानिरीक्षक रविन्द्र केसीद्वारा लिखित ‘सम्बन्धको दोबाटो’ नामक कथा संग्रह सर्वाजनिक भएको छ।

शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित एक समारोहमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले ‘सम्बन्धको दोबाटो’को लोकर्पण गरे।

Hardik ivf

लोकार्पण समारोहलाई सम्बोधन गर्दै आइजिपी कुँवरले राज्यको कानुन कार्यान्वयन गर्ने, भौतिकदेखि बौद्धिक सम्पत्ति संरक्षणको जिम्मेवारी पाएको नेपाल प्रहरी सुरक्षाको अलावा साहित्य, कला तथा संस्कृति संरक्षण तथा संवर्द्धन गर्ने क्षेत्रमा समेत तल्लीन रहँदै आएको बताएका हुन्।

प्रहरी महानिरीक्षक कुँवरले प्रहरी सेवा र साहित्य रबना फरक विधा जस्तो लागेता पनि कला, साहित्य र सिर्जना हरेक कार्य प्रकृतिसँग अन्तरसम्बन्धित रहने चर्चा गर्दै नागरिक सेवामा खटिँदा देखेरभोगेका विषयलाई समाजको दर्पणको रूपमा सर्जकले लिपिबद्ध गरी भरपुर सुगन्ध पस्केको उल्लेख गरे।

aaa-1703950526.jpeg

नेपाल प्रहरीका अग्रज सदस्यहरूले साहित्य रचना र सिर्जनाका माध्यमबाट नेपाली साहित्य क्षेत्रमा गर्विलो छाप छोडेको स्मरण गर्दै संगठनका सदस्यबाट सिर्जित कथासंग्रह लोकार्पण गर्न पाउँदा गौरवान्वित महसुस भएको बताए। उक्त अवसरमा समारोहका प्रमुख अतिथि प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरका साथै विशिष्ट अतिथिहरूले उक्त कथासङ्ग्रह लोकार्पण गरेका थिए।

उक्त अवसरमा डा. धुर्व चन्द्र गौतम र हरि अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्दै कथाकार केसी आफ्नो पेशाको साथै साहित्य कर्ममा समेत इमानदार, निष्ठावान र सफल रहेको चर्चा गरे। साथै, राजकुमार बानियाँ र ज्ञानु अधिकारीले पुस्तकको समीक्षा गर्दै पुस्तकमा समेटिएका कथाका विषयवस्तु एवं लेखकको लेखन कौशलताका बारेमा चर्चा गरेका थिए।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी, अवकाश प्राप्त एवम् बहालवाला वरिष्ठ प्रहरी अधिकृतहरू, साहित्यकारहरू लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २१:२० बजे, शनिबार, पुस १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्