Kathmandu Press

बालकुमारीकाे घटनालाई लिएर माइतीघरमा प्रदर्शन गर्ने युवाहरु प्रहरीकाे नियन्त्रणमा

इपिएस कार्यालयमा प्रदर्शन गर्ने क्रममा प्रहरी प्रशासनको बल प्रयोगबाट दुई युवाहरुको मृत्यु भएकाले गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग राख्दै माइतीघरको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने केहि युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
बालकुमारीकाे घटनालाई लिएर माइतीघरमा प्रदर्शन गर्ने युवाहरु प्रहरीकाे नियन्त्रणमा

काठमाडौं, पुस १४ :  बालकुमारीको प्रदर्शनमा दुई युवक मारिएको घटनामा गृहमन्त्रीको राजीनामा माग गर्दै काठमाडौंको माइतिघरमा प्रदर्शन गर्ने केहि युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

इपिएस कार्यालयमा प्रदर्शन गर्ने क्रममा प्रहरी प्रशासनको बल प्रयोगबाट दुई युवाहरुको मृत्यु भएकाले गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग राख्दै माइतीघरको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने केहि युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

Hardik ivf

उनीहरुले गृहमन्त्री राजीनामा दे, घटनाको निष्पक्ष छानबिन गर लगाएतका नारा लगाएका थिए। युवाहरुको प्रदर्शनपछि सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो।

प्रकाशित मिति: १५:५४ बजे, शनिबार, पुस १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्