दाङमा कोइलाखानीभित्र एक पुरुष मृत भेटिए
बंगलाचुली गाउँपालिका–४ स्थित गदारीस्थित कोइला खानीको सुरुङभित्र शुक्रबार ती पुरुष मृत भेटिएका हुन्।
दाङ, पुस १४ : दाङकाे बंगलाचुलीमा रहेकाे कोइलाखानीभित्र एक पुरुष मृत भेटिएका छन्।
बंगलाचुली गाउँपालिका–४ स्थित गदारीस्थित कोइला खानीको सुरुङभित्र शुक्रबार ती पुरुष मृत भेटिएका हुन्।
ती मृत पुरुष दाङकै घोराही उपमहानगरपालिका–६ अघराका ४५ वर्षीय शिवराज केसी रहेको प्रहरीले जनाएको छ। उनी पुस ८ गते घोराही बजार जानै भन्दै घरबाट निस्किएको र सम्पर्कविहीन बनेको प्रहरीको भनाइ छ।
मृतकको शरीरमा चोटपटक देखिएकाले हत्या गरी सुरुङभित्र शव लुकाइएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।
प्रकाशित मिति: १२:४६ बजे, शनिबार, पुस १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार