Kathmandu Press

नेपाल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा डा. अन्सारी नियुक्त

कलेजको बोर्ड अफ डाइरेक्टरहरुको सामुहिक निर्णय अनुसार प्रबन्ध निर्देशकमा प्राध्यापक डाक्टर अन्सारीलाई नियुक्त गरिएको हो।
नेपाल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा डा. अन्सारी नियुक्त

काठमाडौं, पुस १४ : नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको प्रबन्ध निर्देशकमा प्राध्यापक डा. जैनुद्धिन अन्सारी नियुक्त भएका छन्। कलेजको बोर्ड अफ डाइरेक्टरहरुको सामुहिक निर्णय अनुसार प्रबन्ध निर्देशकमा प्राध्यापक डाक्टर अन्सारीलाई नियुक्त गरिएको हो।

वीरगञ्जको नेशनल मेडिकल कलेजका अध्यक्ष समेत रहेका डा. अन्सारी नेपाल मेडिकल कलेजका समेत सञ्चालक सदस्य हुन्।

नवनियुक्त प्रबन्ध निर्देशक डा. अन्सारीलाई शुक्रबार कलेजका अध्यक्ष डा. भोला रिजाल, बोर्ड अफ डाइरेक्टरहरू डा. आनन्दप्रसाद श्रेष्ठ, डा. साविहा यासमिन, सहजबाज अन्सारी, प्रिन्सिपल प्रा.डा. प्रमोदकुमार क्षेत्री, भाइस–प्रिन्सिपल डा. सृष्टि श्रेष्ठ, अस्पताल निर्देशकद्वय डा. राजेशकिशोर श्रेष्ठ, प्रा.डा. मोदनाथ मरहट्ठा, प्रमुख प्रशासकीय अधिकृत ज्योति खड्का लगायतले स्वागत गरे।

nmc2-1703917481.jpg

नवनियुक्त प्रबन्ध निर्देशक प्रा. डा. अन्सारीले पदभार ग्रहण गर्दै नेपाल मेडिकल कलेजलाई नयाँ उचाईमा लैजाने बताउँदै त्यसका लागि सबैले आ–आफ्नो पदीय दायित्व अनुसार कर्तव्य पुरा गर्नुपर्ने बताए।

कलेजमा रहेका समस्या र चुनौतिहरुलाई सामुहिक एकताबाट हल गर्दै स्वास्थ्य सेवा र मेडिकल शिक्षाको विकास, विस्तारमा आफु २४ सै घण्टा लागिपर्ने बताउँदै कलेजको स्तरवृद्धिमा सबैको सकारात्मक पहल र भूमिका खेल्न आग्रह गरे।

प्रकाशित मिति: १२:०९ बजे, शनिबार, पुस १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्