Kathmandu Press

रोटरी क्लबका प्रशिक्षकलाई प्रशिक्षण

रोटरी क्लबका प्रशिक्षकलाई प्रशिक्षण

सिन्धुली, पुस १३ : नेपाल-भुटानमा आवद्ध नेपालभरका प्रशिक्षकहरुलाई सिन्धुलीको मुलकोटमा प्रशिक्षण कार्यक्रम सुरु भएको छ। 

नेपालका रोटरी क्लवमा आवद्ध  प्रशिक्षकहरुको क्षमता अभिवृद्धि  गर्ने उद्देश्यले कार्यक्रमको आयोजाना गरिएको रोटरी डिस्ट्रीक ३२९२ को प्रशिक्षण समितीका सह(अध्यक्ष बिष्णु हरी दाहालले बताए। शुक्रबार र शनिवार चल्ने कार्यक्रमका  जयन्द्र रिमाल, लक्ष्मण ज्ञवाली, सन्जय गिरी, दिलेन्द्र राज श्रेष्ठ, जितेन्द्र  बहादुर राजभण्डारी र सन्तोष रिजालले प्रशिक्षण दिनेछन्।

Hardik ivf

कार्यक्रमको प्यानलिस्ट राजेन्द्र प्रसाद ध्वजू, राजेन्द्र मान शेरचन र बिनोद कोइराला रहेका छन्। प्रशिक्षण कार्यक्रममा विभिन्न क्लबका ७५ जना सहभागी छन्। कार्यक्रममा बिष्णु हरि दाहाल, असोकमान कपाली र अशोक प्याकुरेलले कार्यक्रमको सहजीकरण गरेका छन्।

स्वर्थ भन्दा माथी सेवा भन्ने भावकासाथ सामाजिक सेवामा कार्यरत रोटरी अभियान नेपालमा सन् १९५९ मा सुरु भएको हो। हाल रोटरी डिस्ट्रीक ३२९२मा १५४ क्लबमा ५५४२ जना सदस्य आवद्ध छन्।

प्रकाशित मिति: १६:०५ बजे, शुक्रबार, पुस १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्