माइतीघरबाट २२ जना अधिकारकर्मी पक्राउ

काठमाडौं, पुस १३ : एनसेल प्रकरणमा न्यायिक छानविन आयोग गठन गर्नुपर्ने मागसहित धर्नामा बसेका २२ जना अधिकारकर्मी पक्राउ परेका छन् ।
मानव अधिकार तथा शान्ति समाजले काठमाडौंको माइतीघरमा आयोजना गरेको धर्ना कार्यक्रमबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, सचिवहरु रामप्रसाद जोशी र चन्द्रमणी बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्यहरु नम्रता खरेल र दिवाकर पुडासैनी, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी छन् ।
समनजले जनाए अनुसार पक्राउ पर्नेमा ललितपुर शाखा सभापति मनबहादुर थापा, अधिकारकर्मीहरु सानु लामा, उमा गौतम, बलबहादुर गाहा मगर, जगन्नाथ पुडासैनी, ईश्वर पुडासैनी, विकास थापा, तुलसीराम भण्डारी, मणिराम दाहाल, लक्ष्मण पुडासैनी, वुद्ध अनमोल, मोहीणीप्रसाद आचार्य र आदर्श क्षेत्री पनि छन् । अहिले पक्राउ परेकाहरुलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।












