Kathmandu Press

अमेरिका पठाईदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

अमेरिका पठाईदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

काठमाडौं, पुस १२ : अमेरिका पठाइदिन्छु भन्दै १४ लाख ९० ठगी गरेको अभियोगमा काठमाडौं प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ घर भई हाल काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्ने ४६ वर्षीया पार्वती थापा रहेकी छिन्। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौंको सामाखुसिबाट पक्राउ गरेको हो। 

अधिकारीले वैदेशिक रोजगारीको प्रलोभन देखाई मासिक ३ लाख ५० हजार भन्दा धेरै तलब हुन्छ भनि विश्वास दिलाई ३० लाख लाग्ने भन्दै पीडितबाट उक्त रकम ठगी गरेको प्रहरीको आरोप छ। 

पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ। 
 

प्रकाशित मिति: १४:४१ बजे, शुक्रबार, पुस १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्