Kathmandu Press

हङकङबाट फर्किए राप्रपा अध्यक्ष लिङ्देन

हङकङबाट फर्किए राप्रपा अध्यक्ष लिङ्देन

काठमाडौं, पुस १३ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन हङकङ भ्रमण पूरा गरी आजस्वदेश फर्किएका छन्। 

राप्रपा सम्बद्ध प्रवासी नेपाली एकता समाज हङकङको निमन्त्रणामा समाजको अधिवेशनलाई सम्बोधन गरि अध्यक्ष लिङ्देन स्वदेश फकिएका हुन्। उनी गत पुस ७ गते त्यसतर्फ गएका थिए। 

भ्रमणको क्रममा उनले हङकङ र मकाउमा रहेका नेपाली समुदायसँग भेटघाट तथा  नेपाली महावाणिज्यदूत र महावाणिज्यदूत कार्यालयका अधिकारीसँग भेटवार्ता गरी नेपालीले भोग्नुपरेको समस्या लगायत विविध विषयमा छलफल अवगत गराएका थिए। 
 

प्रकाशित मिति: १२:२६ बजे, शुक्रबार, पुस १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्