Kathmandu Press

कोरियामा नेपाली युवा सुतेकै अवस्थामा मृत भेटिए

बुसानस्थित एक कम्पनीमा कार्यरत बुद्धशान्ति–३ कञ्चनबारीका ३० वर्षीय पदम न्यौपाने सुतेकै अवस्थामा मृत भेटिएको खबर आएको उनका आफन्तले जनाएका छन्।
कोरियामा नेपाली युवा सुतेकै अवस्थामा मृत भेटिए

काठमाडौं, पुस १३ : रोजगारीका लागि दक्षिण कोरियामा रहेका झापाको बुद्धशान्ति गाउँपालिकाका एकजना युवा मृत अवस्थामा भेटिएका छन्।

बुसानस्थित एक कम्पनीमा कार्यरत बुद्धशान्ति–३ कञ्चनबारीका ३० वर्षीय पदम न्यौपाने सुतेकै अवस्थामा मृत भेटिएको खबर आएको उनका आफन्तले जनाएका छन्।

पाँच वर्षअघि इपिएस कामदारको रुपमा उनी दक्षिण कोरिया पुगेका थि । गत वर्ष उनी विदामा केही समयका लागि घर आएर फर्किएका थिए।

प्रकाशित मिति: ११:२४ बजे, शुक्रबार, पुस १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्