Kathmandu Press

जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु 

गएराति १ः४५ बजेतिर जंगली हात्तीको आक्रमणबाट जिल्लाको शिवसताक्षी नगरपालिका– ११ सृष्टिका ४५ वर्षीय मेघराज राईको मृत्यु भएको हो ।  उनलाई घरमै जंगली हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु 

काठमाडौं, पुस १३ : जंगली हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु भएको छ । गएराति १ः४५ बजेतिर जंगली हात्तीको आक्रमणबाट जिल्लाको शिवसताक्षी नगरपालिका– ११ सृष्टिका ४५ वर्षीय मेघराज राईको मृत्यु भएको हो । 

उनलाई घरमै जंगली हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जंगलबाट आएको एउटा हात्तीले राईको टाटीको बेरा, जस्ताको छानो भएको भुइँतले घरमा आक्रमण गरी टाटी भत्काएर घरभित्र रहेका सामानहरूसमेत तोडफोड गरी एक लाख पचास हजार रुपैयाँ बराबरको क्षति गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले बताए ।

Hardik ivf

उक्त हात्तीलाई छिमेकीहरूसमेतको सहयोगमा धपाउने क्रममा राईलाई घरदेखि ५० मिटर पूर्व बाटोमा सोही हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता रिजालले बताए ।

राईको शवलाई पोस्टमार्टमका लागि दमक हस्पिटल पठाइएको झापा प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: ०८:४७ बजे, शुक्रबार, पुस १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्