थाइल्यान्डका लागि नवनियुक्त राजदूत वलीले लिए शपथ
राष्ट्रपति कार्यालय शीतलनिवासमा विहिबार भएको एक समारोहमा राजदूत वलीले आफ्नो पद तथा गोपनीयताको शपथ लिएका हुन्।
काठमाडौं, पुस १२ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष थाइल्याण्डका लागि नेपालका नवनियुक्त आवासीय राजदूत धनबहादुर वलीले आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति कार्यालय शीतलनिवासमा विहिबार भएको एक समारोहमा राजदूत वलीले आफ्नो पद तथा गोपनीयताको शपथ लिएका हुन्।
सो समारोहमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउद र नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।
प्रकाशित मिति: १६:२९ बजे, बिहीबार, पुस १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार