Kathmandu Press

हमालको छानविन गर्न समितिको निर्देशन 

हमालको छानविन गर्न समितिको निर्देशन 

काठमाडौं, पुस १२ : सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशन दिएको छ। 

प्रिमियम मूल्यमा निष्कासन भएका सबै आईपीओको औचित्य र मूल्यांकनको सम्बन्धमा समेत छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि निर्देशन दिएको छ।

प्रिमियमा जारी भएका आईपीओका विषयमा छलफल गर्न बिहीबार लेखा समितिले बोर्डका अध्यक्ष हमाललाई डाकेको थियो। हमालले भने बोर्डका तर्फबाट कार्यकारी निर्देशक मुक्ति श्रेष्ठलाई बैठकमा पठाएका थिए।

प्रकाशित मिति: १६:१८ बजे, बिहीबार, पुस १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्