Kathmandu Press

आगोले जलेर शिशुको मृत्यु

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी गोविन्द  भण्डारीका अनुसार रणवीर टमटाको घरमा आगलागी हुदाँ उहाँका चार महिनाका छोरा विजयको मृत्यु भएको हो।
आगोले जलेर शिशुको मृत्यु
Hardik ivf

खलंगा (दार्चुला), पुस १२ : दार्चुलामा आगोले जलेर चार महिनाको शिशुको मृत्यु भएको छ। नौगाड गाउँपालिका–३ होपरीगाडमा बुधबार राति जलेर शिशुको ज्यान गएको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी गोविन्द  भण्डारीका अनुसार रणवीर टमटाको घरमा आगलागी हुदाँ उहाँका चार महिनाका छोरा विजयको मृत्यु भएको हो।

विद्युत चुहावट भएर टमटाको घरमा आगलागी भएको हो। उहाँको घर जलेर नष्ट भएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिनुभयो। प्रहरी र स्थानीयले आगो निभाएका थिए। 

प्रकाशित मिति: १५:३७ बजे, बिहीबार, पुस १२, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्