पानीमा डुबेर बालिकाको मृत्यु
मोरङको जहदा गाउँपालिका–३ भातिगन्जमा फुदन हस्दाकी १ वर्षीया छोरी कृतिको आज बिहान भरेर राखेको पानीमा डुबेर मृत्यु भएको हो।
विराटनगर, पुस १२ : पानीमा डुबेर बालिकाको मृत्य भएको छ।
मोरङको जहदा गाउँपालिका–३ भातिगन्जमा फुदन हस्दाकी १ वर्षीया छोरी कृतिको आज बिहान भरेर राखेको पानीमा डुबेर मृत्यु भएको हो।
यसैबीच बालिका खेल्ने क्रममा सिल्भरको भाडामा राखेको पानीमा डुबेर मृत्यु भएको मोरङ प्रहरी नायब उपरीक्षक रन्जन कुमार दाहालले जानकारी दिए।
मृतक बालिकाको शव पोस्मार्टमका लागि कोशी अस्पतालमा राखिएको जनाइएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
प्रकाशित मिति: १४:४८ बजे, बिहीबार, पुस १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार