Kathmandu Press

चमत्कार : युगान्डाकी ७० वर्षीया सफिनाले जन्माइन् जुम्ल्याहा बच्चा

चमत्कार : युगान्डाकी ७० वर्षीया सफिनाले जन्माइन् जुम्ल्याहा बच्चा

काठमाडौं, पुस १२ : युगान्डाकी एक ७० वर्षीया वृद्धाले जुम्ल्याहा बच्चा जन्माएकी छिन्। मेडिकल साइन्सका अनुसार, यो उमेरमा बच्च जन्माउनुलाई चमत्कारको रुपमा उल्लेख गरिएको छ।

७० वर्षीया सफिना नामुक्वेयाले राजधानी कम्पालाको एक अस्पतालमा छोरी र एक छोरालाई जन्म दिएकी हुन्।बिबिसीका अनुसार सफिना नामुक्वेयाले कम्पालाको प्रजनन केन्द्रमा सिजेरियन अपरेशन गरेर जुम्ल्याहा बच्चा जन्माएकी छन्।

Hardik ivf

अस्पतालले सफिना नामुक्वेयालाई बधाई दिँदै उनलाई बच्चा जन्माउने सबैभन्दा वृद्ध महिलामध्ये एक भएको बताएको छ। महिला अस्पताल इन्टरनेशनल र प्रजनन केन्द्रका विशेषज्ञ डा. एडवर्ड तामालेले महिलाले इन–भिट्रो निषेचन प्रक्रियाका लागि डोनरको डिम्ब र आफ्नो पार्टनरको शुक्रकिट प्रयोग गरेको बताए।

शिशुहरू ३१ हप्तामा समय नपुग्दै जन्मेका थिए र इन्क्यूबेटरमा राखिएको छ। दुवै शिशु अहिले स्वस्थ छन्। सामान्यतया महिलाहरू ४५ देखि ५५ वर्षको उमेरमा मेन्सुरेसन अनियमित हुने गर्छ। यस समयमा प्रजनन क्षमता घट्छ तर औषधिको विकासले उनीहरूलाई बच्चा जन्माउन सम्भव बनाएको छ।
 

प्रकाशित मिति: १३:४५ बजे, बिहीबार, पुस १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्