Kathmandu Press

प्रधानमन्त्री कप महिला क्रिकेट :  मधेशले लुम्बिनी प्रदेशलाई ८ विकेटले हरायो

प्रधानमन्त्री कप महिला क्रिकेट :  मधेशले लुम्बिनी प्रदेशलाई ८ विकेटले हरायो

काठमाडौं, पुस १२ : काठमाडौंमा जारी प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट अन्तर्गत मधेस प्रदेशले लुम्बिनीलाई ८ विकेटले पराजित गरेको छ। मूलपानी क्रिकेट मैदानमा बिहीबार बिहान भएको खेलमा मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई ८ विकेटले पराजित गरेको हो। 

जितसँगै मधेस प्रदेश ६ खेलबाट ४ अंक बनाउँदो तालिकाको छैटौं तथा समान खेलबाट ४ अंक बनाएको लुम्बिनी पाँचौं स्थानमा रहेको छ। लुम्बिनी प्रदेशले दिएएको ९७ रनको लक्ष्य मधेश प्रदेशले २ विकेट गुमाएर १८.५ ओभरमा पूरा गरेको थियो। मधेसलाई जिताउने क्रममा पुजा महतोले नटआउट ६० रनको अर्धशतकीय पारि खेलिन्। उनले ५९ बलमा ५ चौका प्रहार गरिन्।

Hardik ivf

यसैगरी अनुराधा चौधरीले १७ रन बनाउँदा प्रतिमा साहले २ रन बनाइन्। सरस्वती कुमारीले १२ रनको नटआउट पारि खेलिन्। लुम्बिनीका लागि कमला जिएम र सुस्मिता भुसालले एक एक विकेट लिए। पहिला ब्याटिङ गरेको लुम्बिनी प्रदेशले निर्धारित ओभरमा ७ विकेट गुमाएर ९६ रन बनाएको थियो। 

लुम्बिनीका लागि लक्ष्मी चौधरीले नटआउट ६४ रन बनाइन्। उनले ६४ बल फेस गदा २ छक्का र ८ चौका प्रहार गरिन्। सरस्वती जिएम १० रनमा रनआउट भइन्। अन्य खेलाडीको प्रदर्शन उल्लेख्य रहेन। मधेश प्रदेशकी साक्षी यादवले २ विकेट लिँदा पुजा महतो, आरती महतो र कविता गौतमले एक एक विकेट लिए।

प्रकाशित मिति: १३:२२ बजे, बिहीबार, पुस १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्