Kathmandu Press

काेराेना संक्रमणले भारतीय अभिनेता विजयकान्तको निधन

कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित उनको बिहीबार चेन्नाइमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। 
काेराेना संक्रमणले भारतीय अभिनेता विजयकान्तको निधन

काठमाडौं, पुस १२ : भारतका तमिलनाडुमा प्रभाव रहेको ‘डीएमडीके’ राजनीतिक दलका प्रमुख एवं अभिनेता विजयकान्तको निधन भएको छ। 

कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित उनको बिहीबार चेन्नाइमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। 

Hardik ivf

कोभिड–१९ पोजेटिभ देखिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो। ‘क्याप्टेन विजयकान्त निमोनियाको लागि भर्ना भएपछि भेन्टिलेटरमा राखिएको थियो। मेडिकल स्टाफको अथक प्रयासका बाबजुद पनि आज बिहान उनको मृत्यु भयो।’ अस्पतालका चिकित्सकलाई उद्धृत गर्दै समाचार प्रकाशित भएको छ।

विजयकान्तलाई नियमित स्वास्थ्य परीक्षणका लागि मंगलबार अस्पताल भर्ना गरिएको थियो। त्यतिबेला उनको पार्टी डीएएडी पार्टीले विजयकान्त ‘स्वस्थ’ रहेको र परीक्षण पछि घर फर्किने बताएको थियो।

विजयकान्तलाई यसअघि नोभेम्बर २० मा पनि अस्पताल भर्ना गरिएको थियो। उनको श्वासप्रश्वासको समस्या देखिएपछि अस्पतालमा उपचार भइरहेको थियो।

विजयकान्तले १५४ वटा फिल्ममा अभिनय गरेका छन्। फिल्मपछि मात्रै उनी राजनीतिमा सक्रिए भएका थिए। डीएमडीके राजनीतिक पार्टी स्थापना गरेर उनी विरुधाचल र ऋषिवन्दियम निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्दै दुई पटक विधान सभाको सदस्य भएका थिए। 

सन् २०११ देखि २०१६ सम्म तमिलनाडु विधानसभामा विपक्षी दलको नेता भएपछि उनको राजनीतिक करियरको ग्राफ बढेको थियो।

पछिल्ला वर्षहरूमा विजयकान्तको स्वास्थ्य खराब हुँदा उनी सक्रिय राजनीतिक सहभागिताबाट भने पछाडि नै रहेका थिए।
 

प्रकाशित मिति: १३:०२ बजे, बिहीबार, पुस १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्