Kathmandu Press

आभाष साकाेसका सदस्यले शिर मेमोरियल अस्पतालमा छुट पाउने

आभाष साकाेसका सदस्यले शिर मेमोरियल अस्पतालमा छुट पाउने

काभ्रेपलाञ्चाेक, पुस १२ : आभाष बचत तथा ऋण सहकारी संस्था लिमिटेड र शिर मेमोरियल एड्भान्टिष्ट अस्पतालबीच अस्पतालबाट प्रवाह हुने सेवामा छुट दिने सहमति भएको छ।

संस्थामा आबद्ध सदस्यहरूलाई अस्पतालले प्रदान गर्ने सम्पूर्ण सेवामा १० प्रतिशत र औषधीमा ५ प्रतिशत छुट दिने सम्झौता भएको हो। साकोसका अध्यक्ष दिनेशराज कायस्थ र अस्पतालका प्रमुख प्रशासकिय अधिकृत सूर्यप्रभा शाक्यले सम्झौतामा हस्ताक्षर गरेका छन्।

सम्झौता २०८० पुस १६ गतेबाट लागु हुने साकोसका अध्यक्ष कायस्थले जानकारी दिए। कार्यक्रममा संस्थाका अध्यक्ष दिनेश कायस्थ, सञ्चालक समितिका पदाधिकारीहरू, प्रमुख कार्यकारी अधिकृत सुवास वैद्य र अस्पतालका प्रतिनिधिको उपस्थिति थियो।

आभाष साकोसले २०७४ साल देखी छोरी अभियान कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ। यस वर्षपनि संस्थाको १४ औं वार्षिकोत्सवको अबसरमा मंसिर १४ गते शिर मेमोरियल अस्पतालका जन्मिएको पहिलो छोरीलाई सम्मान गरिएको प्रमुख कार्यकारी अधिकृत बैद्यले जानकारी दिए।

संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत समेत स्वास्थ्य शिविर, रक्तदान जस्ता विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ।

प्रकाशित मिति: १२:१३ बजे, बिहीबार, पुस १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्