त्रिवि परीक्षा नियन्त्रण कार्यालय सुधारका लागि स्ववियू आन्दोलित
विश्वविद्यालय सञ्चालन प्रणालीमा समग्र सुधारको माग गर्दै आफूहरुले प्रर्दशन थालेको त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरकी स्ववियू कोषाध्यक्ष पद्मा भुसालले जानकारी दिईन् ।
काठमाडौं, पुस १२ : त्रिभुवन विश्वविद्यालय, स्वतन्त्र विद्यार्थी युनियनले परिक्षा नियन्त्रण कार्यालय सुधारका लागि आन्दोलन सुरु गरेको छ।
विश्वविद्यालय सञ्चालन प्रणालीमा समग्र सुधारको माग गर्दै आफूहरुले प्रर्दशन थालेको त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरकी स्ववियू कोषाध्यक्ष पद्मा भुसालले जानकारी दिइन्।
आफूहरुले त्रि.वि. क्यालेण्डर, प्रविधिमैत्री, राजनीतिक हस्तक्षेप मैत्री, त्रि.वि. को छुट्टै एप, खाजा खाने समय एक घण्टाबाट आधा घण्टा बनाउनुपर्ने र त्रि.वि.को हटलाइनलाइ प्रभावकारी बनाउनुपर्ने लगायतका मागसहित आन्दोलनमा उत्रिएको भुसालले बताईन् ।
लाखौँ विद्यार्थीको शैक्षिक धरोहर मनिएको त्रिवि पनिकामा कर्मचारीको कमि र नीति नियमको व्यवस्थापन हुन नसक्दा लाखौं विद्यार्थीको भविष्यमाथि प्रश्न खडा भएकोले त्रि.वि. लाई विद्यार्थीमैत्री बनाउँदै परिवर्तन गर्नका लागि सबै जिम्मेवार भएर लाग्नुपर्ने स्ववियूले बताएको छ ।












