‘काठमाडौं ट्रिएनाले’ सञ्चालनका लागि ललितकला प्रज्ञा–प्रतिष्ठान र सिद्धार्थ फाउन्डेसनबीच सम्झौता
‘काठमाडौं ट्रिएनाले’ नेपाली कलालाई विश्वसामु चिनाउन, नेपाली तथा अन्तर्राष्ट्रिय कलाकारबीच संवाद गराउन र कलामार्फत पर्यटन प्रवर्द्धनमा टेवा पुुर्याउने उद्देश्यका साथ आयोजना हुँदै आएको कला महोत्सव हो।(16)-1703682200.jpg)
काठमाडौं, पुस ११ : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सिद्धार्थ फाउन्डेसनबीच कला महोत्सव ‘काठमाडौं ट्रिएनाले’ संयुक्त रुपमा सञ्चालन गर्ने सम्झौता भएको छ।
सम्झौतापत्रमा प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र थुम्केली र फाउन्डेसनकी निर्देशक संगीता थापाले बुधबार काठमाडौंमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। ‘काठमाडौं ट्रिएनाले’लाई अझ फरक र पृथक रूपमा अघि बढाउने उद्देश्यले सम्झौता गरिएको जनाइएको छ।
‘काठमाडौं ट्रिएनाले’ नेपाली कलालाई विश्वसामु चिनाउन, नेपाली तथा अन्तर्राष्ट्रिय कलाकारबीच संवाद गराउन र कलामार्फत पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यका साथ आयोजना हुँदै आएको कला महोत्सव हो
सम्झौतासँगै अब प्रतिष्ठान र सिद्घार्थ आटर््स्को संयुुक्त आयोजनामा ‘काठमाडौं ट्रिएनाले २०८२’ हुने भएको छ । दुवै संस्थाले मिलेर अन्य संस्करण पनि आयोजना गर्नेछन्।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कला क्षेत्रमा ऐतिहासिक काम गर्न सहकार्य भएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली कलाको पहिचान, पहुँच विस्तार गर्न सहयोग पुग्ने बताए।
‘संस्थाको नीतिगत कुरादेखि गुरुयोजना तथा कार्यक्रमहरु लगायतका विभिन्न पक्षलाई हामीले माइक्रो र म्याक्रो लेवलबाट लैजानपर्ने भएको छ। संस्थागत रुपमा भएका जति पनि स्रोतसाधन छन्, सबैलाई जोडेर हामीले हाम्रा सर्जकको सिर्जनाहरुलाई एकीकृत रुपमा समायोजन गरेर लैजान सकेनौ भने हाम्रो विकास हुँदैन,’ निर्देशक हार्तम्छालीले भने।
एकेडेमीले तय गरेको थिम ‘अनुसन्धान, सिर्जना र सम्मान’ लाई कार्यान्वयन गरी संस्थाको अवस्थाको पनि गहिरो अनुसन्धान गरेर अगाडि बढ्ने उनले बताए।
यस्तै, सिद्धार्थ आर्ट फाउन्डेसनकी निर्देशक संगीता थापाले प्रतिष्ठानसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै युवापुस्तमाझ ट्रिएनालेलाई पुर्याउने बताइन्।
ट्रिएनालेलाई आगामी दिनमा राष्ट्रिय गौरवको अन्तर्राष्ट्रिय कार्यक्रमका रूपमा स्थापित गर्ने, नेपाललाई अन्तर्राष्ट्रिय कला केन्द्रका रूपमा स्थापित गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सघसंस्थाहरूसँग सहकार्य गरी नेपाली कला, संस्कृति र पर्यटन प्रबद्र्धन गर्ने, नेपाली कलालाई विश्वव्यापी बनाउने तथा अन्तर्राष्ट्रिय कलाजगत्सँग सद्भावना सेतुुका रूपमा विस्तार गरी सार्वजनिक–निजी साझेदारीलाई प्रोत्साहन दिने लगायतका उद्देश्य राखेको छ।












![सुनिल थापालाई अन्तिम श्रद्धाञ्जली [तस्बिरहरु]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1770543019.jpg)