Kathmandu Press

अमेरिका पठाइदिन्छु भन्दै २६ लाख ठगी गर्ने पक्राउ

मासिक तीन लाख रुपैयाँ तलब हुन्छ भन्दै वैदेशिक रोजगारीको प्रलोभन दिइ आफूबाट २६ लाख रुपैयाँ ठगी गरेको उजुरी कृतेश खरेलले प्रहरीमा गरेका थिए।
अमेरिका पठाइदिन्छु भन्दै २६ लाख ठगी गर्ने पक्राउ

काठमाडौं, पुस ११ : अमेरिका पठाइदिन्छु भन्दै २६ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौंको बुढानीलकण्ठ–३ का भैरवबहादुर ठकुरी छन् । मासिक तीन लाख रुपैयाँ तलब हुन्छ भन्दै वैदेशिक रोजगारीको प्रलोभन दिइ आफूबाट २६ लाख रुपैयाँ ठगी गरेको उजुरी कृतेश खरेलले प्रहरीमा गरेका थिए।

त्यसपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको टोलीले ठकुरीलाई बुढानीलकण्ठ–४ पासीकोटबाट बुधबार पक्राउ गरेको हो।  

थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचलको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १८:४० बजे, बुधबार, पुस ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्