Kathmandu Press

त्रिविको समग्र प्रणाली सुधारको माग गर्दै प्रदर्शन

त्रिविको समग्र प्रणाली सुधारको माग गर्दै प्रदर्शन

काठमाडाैं, पुस ११ : त्रिभुवन विश्वविद्यालयको समग्र प्रणालीमा सुधारको माग गर्दै बुधवार प्रदर्शन भएको छ।

त्रिभुवन विश्वविद्यालयको वर्षौंदेखिको बेथिति सुधारको माग गर्दै त्रिवि केन्द्रीय क्याम्पस स्ववियुको आव्हानमा बुधवार बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय अगाडि प्रदर्शन गरिएको हो।

Hardik ivf

प्रदर्शनकारीले त्रिविलाई राजनीति भागबन्डाको केन्द्र बनाउन नहुने, शैक्षिक क्यालेण्डर लागू गर्नुपर्ने, राजस्व तिर्न भोग्नुपर्ने झन्झटको अन्त्य गर्नुपर्ने, प्रमाणपत्र वितरण समयमा हुनुपर्नेलगायतका माग राखेका छन्।

प्रदर्शनमा बोल्दै त्रिवि केन्द्रीय क्याम्पस स्ववियुका सभापति श्यामराज ओझाले त्रिवि पदाधिकारीको अकर्मण्यताका कारण हजारौ विद्यार्थीको भविष्य अन्यौल बनेको बताए।

उनले कुलपति तथा प्रधानमन्त्रीले राजनीतिक भागबन्डाबाहेक त्रिविलाई नसम्झिदा रिक्त रहेको उपकुलपति र प्राध्यापक नियुक्तीमा ढिलाई भएको आरोप लगाए।

उनीहरुले त्रिविलाई समयमै सुधारको प्रयास नगरिए अवस्था झनै जर्जर हुँदै जाने भन्दै काम गर्न नसक्ने पदाधिकारीले राजीनामा दिनुपर्ने बताएकाछन्।

प्रकाशित मिति: १७:१८ बजे, बुधबार, पुस ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्