गुरुङ समुदायका पत्रकारहरूलाई सम्मान

काठमाडाैं, पुस ११ : तमु (गुरूङ) सञ्चारकर्मी संघले मूल धारको पत्रकारितामा सक्रिय गुरुङ समुदायका पत्रकारहरूलाई सम्मान गरेको छ।
तमु ल्होसारको पूर्वसन्ध्यामा काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी संघले विभिन्न शीर्षकमा छ जना पत्रकारलाई सम्मान गरेको हो।
संघले प्रधानसेनापति छत्रमानसिंह–कमला गुरूङ पत्रकारिता पुरस्कारबाट चितवनका गुरुङ तर्फ हिरालाल गुरुङ र गैरगुरुङ तर्फ पोखराका एमबी आस्थालाई प्रदान गरेको छ।
यसैगरी तमू आदिकवि हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कारबाट पोखराका रत्ना गुरुङ र लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कारबाट कार्टुनिस्ट अनुप गुरुङ सम्मानित हुनुभएको छ। तनहुँकी करिश्मा गुरुङ सुश्री भद्राकुमारी घले पत्रकारिता प्रोत्साहन पुरस्कारबाट र धनकुटाका विकास गुरुङ तमू ल्होसार मूल आयोजक पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्।
कार्यक्रममार्फत गुरुङ न्युज डट कम वर्ष पुस्तक लोकार्पण पनि गरिएको छ।












