Kathmandu Press

प्रधानमन्त्री कप महिला क्रिकेट : एपिएफकाे विजयी यात्रा कायमै, कर्णाली ९२ रनले पराजित

प्रधानमन्त्री कप महिला क्रिकेट : एपिएफकाे विजयी यात्रा कायमै, कर्णाली ९२ रनले पराजित

काठमाडौं, पुस ११ : प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएकाे छ। बुधबार भएकाे खेलमा उसले कर्णाली प्रदेशलाई ९२ रनले हरायाे।

जितका लागि एक सय ६१ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली प्रदेश निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ६८ रनमा समेटियो। कर्णालीका लागि त्रिर्सना विश्वकर्माले सर्वाधिक १९ रन बनाइन्। उनले १९ बल खेल्दै तीन चौकाको मद्दतमा १९ रन जोडेकी हुन्।

Hardik ivf

त्यस्तै गौरी बोहोराले १२ तथा रश्मी खड्काले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। कप्तान किरण कुवरले १ रन बनाइन् भने बिना थापाले २ तथा अन्जु गुरुङले ६ रन बनाइन्। 

कर्णालीलाई सस्तैमा समेट्नेक्रममा एपिएफकी करुणा भण्डारीले चार विकेट लिइन भने सुमन विष्टले दुई विकेट झारिन्। त्यसैगरी बिनु बुढा र सीता रानामगरले समान एक/एक विकेट लिए। 

यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै एक सय ६० रनको योगफल बनाएको थियो। 

एपिएफका लागि राजमती ऐरीले सर्वाधिक ६७ रनको योगदान दिइन्। उनले ५५ बल खेल्दै नौ चौका र दुई छक्काको मद्दतमा ६७ रन बनाएकी हुन्।

ममता चौधरीले ६२ रन बनाइन्। उनले पनि समान ५५ बल खेल्दै आठ चौकाको मद्दतमा ६२ रन बनाएकी हुन्। रोमा थापाले अविजित १४ रन बनाइन्। बलिङतर्फ कर्णाली प्रदेशकी त्रिर्सना विश्वकर्माले एक विकेट झारेकी थिइन्।  

प्रकाशित मिति: १३:०७ बजे, बुधबार, पुस ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्