Kathmandu Press

२१ प्रहरी सम्पर्कविहीन, ७ दिनभित्र हाजिर हुन निर्देशन 

नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालले बुधबार एक सूचना जारी गर्दै एक महिना भन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेका २१ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो । 
२१ प्रहरी सम्पर्कविहीन, ७ दिनभित्र हाजिर हुन निर्देशन 

काठमाडौं, पुस ११ : नेपाल प्रहरीमा विभिन्न पदमा कार्यरत २१ जना सम्पर्कविहीन भएका छन् । 

जानकारी बिनै आफूखुसि १ महिनाभन्दा बढि समयमा विदा बसेपछि प्रहरी प्रधान कार्यालयले खाजी गरेको छ । 

नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालले बुधबार एक सूचना जारी गर्दै एक महिना भन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेका २१ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो । 

उनीहरूको खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले प्रहरी प्रधान कार्यालयले सात दिनभित्र स्पष्टिकरण सहित सम्पर्कमा आउन निर्देशन दिँदै सूचना जारी गरेको हो । 
 
प्रकाशित मिति: ०८:५४ बजे, बुधबार, पुस ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्