जय नेपाल फाउन्डेसनद्वारा आठ च्याप्टर गठनको घोषणा
फाउडेसनले जनाए अनुसार संयुक्त राज्य अमेरिकामा नर्दन क्यालिफोर्निया च्याप्टर, विस्कन्सिन च्याप्टर, केन्टकी च्याप्टर, कोलोराडो च्याप्टर, फ्लोरिडा च्याप्टर, सिकागो च्याप्टर तथा अस्ट्रेलिया र हङकङ गरी आठ च्याप्टर घोषणा गरिएको हो।
काठमाडौं, पुस १० : जय नेपाल इन्टरनेसनल फाउन्डेसनले अमेरिका, अस्ट्रेलिया र हङकङसहित आठ च्याप्टर गठन गरेको छ।
गत आइतबार जुम वैठकमार्फत च्याप्टर घोषणा गरिएको हो। फाउण्डेसनको अध्यक्षमा डा.यादव पण्डित छन्। फाउडेसनले जनाए अनुसार संयुक्त राज्य अमेरिकामा नर्दन क्यालिफोर्निया च्याप्टर, विस्कन्सिन च्याप्टर, केन्टकी च्याप्टर, कोलोराडो च्याप्टर, फ्लोरिडा च्याप्टर, सिकागो च्याप्टर तथा अस्ट्रेलिया र हङकङ गरी आठ च्याप्टर घोषणा गरिएको हो।
नवगठित हङकङ च्याप्टरको अध्यक्षमा कुलप्रसाद गुरुङ, अस्ट्रेलिया च्याप्टरको अध्यक्षमा डिल्ली बन्जाडे, नर्दन क्यालिफोर्निया च्याप्टरको अध्यक्षमा यादवप्रसाद दाहाल, कोलोराडो च्याप्टर अध्यक्षमा कुमारजंग कार्की, विस्कन्सिन च्याप्टर अध्यक्षमा गोविन्द श्रेष्ठ, फ्लोरिडा च्याप्टर अध्यक्षमा विकास देवकोटा, केन्टकी च्याप्टर अध्यक्षमा दिवाकर भट्ट र सिकागो च्याप्टर अध्यक्षमा खेम पन्थी चयन भएका छन्।
फाउण्डेसनका अध्यक्ष डा.पण्डितले वैठकमा मानव अधिकार, वाक स्वतन्त्रता तथा लोकतान्त्रिक मूल्य मान्यतामा विश्वास राख्ने साथीहरूको नेटवर्कमार्फत आफू रहेको समुदाय र नेपालको विकासमा समेत सहभागिता बढाउने उद्देश्यले संस्था स्थापना भएको जानकारी गराएका थिए।
जय नेपाल इन्टरनेसनल फाउन्डेसन नेपाल च्याप्टरका अध्यक्ष बद्री अर्यालले नेपालमा भइरहेका कार्यक्रम र गतिविधिबारे जानकारी गराएका थिए।












