Kathmandu Press

झापामा बससँग स्कुटर जोक्किँदा एकजनाको मृत्यु

कमल गाउँपालिका–४, ज्योतिचोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ११ प २०५१ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको को १ ख ६४३५ नम्बरको बस एक आपसमा ठोक्किएको थियो।
झापामा बससँग स्कुटर जोक्किँदा एकजनाको मृत्यु

झापा, पुस ९ : पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिकामा सोमबार भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ। बससँग स्कुटर ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

कमल गाउँपालिका–४, ज्योतिचोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ११ प २०५१ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको को १ ख ६४३५ नम्बरको बस एक आपसमा ठोक्किएको थियो।

दुर्घटनामा स्कुटर पछाडि बसेका झापा अर्जुनधारा–७ का ५० वर्षीय टेकनाथ खतिवडाको मृत्यु भएको प्रहरीले जनाएको छ।

स्कुटर चालक अर्जुनधारा–९ का २१ वर्षीय कमलप्रसाद खतिवडा र बस चालक मोरङ कानेपोखरी–६ निवासी ३० वर्षीय केशव बस्नेतलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: १९:०५ बजे, सोमबार, पुस ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्