Kathmandu Press

प्रहरी महानिरीक्षक कुँवरले उद्घाटन गरे जिल्ला प्रहरी बाजुराको भवन

प्रहरी महानिरीक्षक कुँवरले नयाँ भवनबाट सम्पादन हुने प्रहरी कार्य पनि थप ऊर्जामय, नवीन सोच र उच्चस्तरको हुनुपर्ने चर्चा गर्दै नागरिकको सुरक्षामा अझ बढी मेहनत र व्यवसायिकताको साथ प्रस्तुत हुनुपर्ने बताए।
प्रहरी महानिरीक्षक कुँवरले उद्घाटन गरे जिल्ला प्रहरी बाजुराको भवन

बाजुरा, पुस ९ : प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बाजुराको जिल्ला प्रहरी कार्यालय परिसरमा नवनिर्मित भवनको सोमबार उद्घाटन गरेका छन्।

मार्तडीमा करिब नौ करोडको लागतमा निर्मित संरचनाले प्रहरीलाई काम गर्न सहज हुने उनले बताए। कार्यक्रममा उनले निर्माणमा सहयोग पु¥याउनेलाई प्रशंसापत्र प्रदान गर्नुका साथै नवनिर्मित भवनहरूको निरीक्षण समेत गरे।

Hardik ivf

प्रहरी महानिरीक्षक कुँवरले नयाँ भवनबाट सम्पादन हुने प्रहरी कार्य पनि थप ऊर्जामय, नवीन सोच र उच्चस्तरको हुनुपर्ने चर्चा गर्दै नागरिकको सुरक्षामा अझ बढी मेहनत र व्यवसायिकताको साथ प्रस्तुत हुनुपर्ने बताए।

नागरिकमैत्री वातावरण निर्माणमा अहोरात्र कटिबद्ध रहन उनले बाजुराका प्रहरी अधिकृतहरूलाई निर्देशन दिए।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहरा, बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल र बडिमालिका नगर प्रमुख अम्मर खड्काको उपस्थिति थियो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायब उपरीक्षक सुमन दाहालद्वारा प्रस्तुत भवन निर्माण सम्बन्धी प्रतिवेदनअनुसार नेपाल सरकारको बजेटबाट ८ करोड ७६ लाख ६७ हजार ६ सय ६४ रूपैयाँ लागतमा उक्त भवनहरू निर्माण भएको हो।

प्रकाशित मिति: १८:२४ बजे, सोमबार, पुस ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्