Kathmandu Press

पश्चिम नवलपरासीमा चोरी गर्ने ६ जना पक्राउ

पश्चिम नवलपरासीमा चोरी गर्ने ६ जना पक्राउ

नवलपरासी, पुस ९ : पश्चिम नवलपरासीमा चोरी गर्ने ६ जना पक्राउ  परेका छन्। सरकारी कार्यालयदेखि विभिन्न व्यक्तिहरूको घरमा पसेर चोरी गर्ने ६ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरी सोमवार सार्वजनिक गरेको हो। 

यस्तै,पक्राउ परेकाहरूबाट विभिन्न समयमा चोरी गरेका सामग्रीसमेत प्रहरीले बरामद गरेको छ। उनीहरूले विभिन्न समयमा सुनवल र रामग्राम नगरपालिकामा रहेका सरकारी कार्यालय र व्यक्तिको घरमा पसेर गरगहनादेखि विभिन्न सामानहरू चोरी गरेको प्रहरीले जनाएको छ।

Hardik ivf

यसैबीच,चोरी गर्नेमध्ये सुनवल क्षेत्रबाट ३ जना र रामग्राम नगरपालिका क्षेत्रबाट ३ जना पक्राउ परेका हुन्। चोरी गरे पश्चात् सामान खोजतलास गरिदिन भन्दै पीडितहरूले शंकास्पद व्यक्तिहरूको हुलियासहित उजुरी दिएको सोही आधारमा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रमेश बोहराले जानकारी दिए। 

यस्तै,सुनवल क्षेत्रमा चोरी गरी पक्राउ पर्नेमा बर्दघाट नगरपालिका–१ घर भई हाल सुनवल नगरपालिका–२ खैरनी बस्ने अविनाश पंगेनी, गुल्मी मुसीकोट नगरपालिका– ९ घर भई हाल सुनवलकै खैरनी बस्ने सुवास विश्वकर्मा र रोल्पा खुमेल गाउँपालिका घर भई हाल सुनवलकै खैरनी बस्ने मिलन घर्ती मगर छन्। 

त्यस्तै,रामग्राम नगरपालिकाको परासी बजारस्थित स्वास्थ्य कार्यालयबाट कम्प्युटर, साइकल चोरी गर्ने व्यक्ति पनि पक्राउ परेका छन्। उनीहरूले गत शनिबार राति कार्यालयको दुई तलामा रहेको कोठाबाट उक्त सामग्री चोरी गरेको प्रहरीले जनाएको छ।

चोरीका सामानसहित पक्राउ पर्नेमा रामग्राम नगरपालिका–६ पोखरापालीका कृष्णमोहन अग्रहरी बनिया, वडा नं. ५ का अमृत अग्रहरी र वडा नं. ७ उजैनीका रोशन आचार्य रहेको प्रहरीले जनाएको छ। 

पक्राउ पर्ने ६ जना १९ देखि ३१ वर्ष उमेर समूहका छन्। उनीहरू सबैलाई चोरी तथा डाँकासम्बन्धी कसुरमा मुद्दा अगाडि बढाइएको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: १६:०८ बजे, सोमबार, पुस ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्