आजको मौसमः तराईमा हुस्सु र कुहिरो, पहाडमा आंशिक बदली
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली भइरहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ ।
काठमाडौं, पुस ९ : मौसम पूर्वानुमान महाशाखाले आज देशका केही भू–भागको मौसम आंशिक बदली रही अन्यत्र सामान्यतय सफा रहने जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली भइरहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । राति कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: ०७:४९ बजे, सोमबार, पुस ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार