Kathmandu Press

क्रिसमसको अवसरमा कांग्रेस सभापति देउवाले दिए शुभकामना 

उनले आज एक शुभकामना सन्देश मार्फत चाड–पर्वहरुले सामुहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍ याएको बताएका छन् । 
क्रिसमसको अवसरमा कांग्रेस सभापति देउवाले दिए शुभकामना 

काठमाडौं, पुस १० : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ईसाई धर्मावलम्वीहरुको महान पर्व क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ईसाई धर्मावलम्वी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् । 

उनले आज एक शुभकामना सन्देश मार्फत चाड–पर्वहरुले सामुहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याएको बताएका छन् । 

यस्तै अन्त्यमा, क्रिसमस पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्ने कामना समेत गरेका छन् । 

प्रकाशित मिति: ०६:५५ बजे, सोमबार, पुस ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्