Kathmandu Press

गोरखापत्रलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्नुपर्छ : मन्त्री शर्मा

सरकारका प्रवक्ता शर्माले सार्वजनिक प्रशासन ऐनको तर्जुमा भइरहेको जानकारी दिँदै सरकारले गरेका काम व्यवस्थित ढङ्गले जनतासमक्ष लैजान संस्थानका पदाधिकारीलाई निर्देशन दिइन्।
गोरखापत्रलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्नुपर्छ : मन्त्री शर्मा

मोरङ, पुस ८ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशको महत्त्वपूर्ण र ऐतिहासिक सञ्चार माध्यम गोरखापत्रलाई डिजिटल प्रविधिमा लैजाने बताएकी छिन्।

गोरखापत्र संस्थानको विराटनगर प्रकाशन गृहको आज निरीक्षण एवं अवलोकन गर्ने क्रममा उनले पत्रकारिता क्षेत्रको इतिहास र विरासत बोकेको गोरखापत्रलाई प्रविधिअनुसार विकास गर्नुपर्नेमा जोड दिएकी हुन्।

Hardik ivf

सरकारी सञ्चारमाध्यमले सरकारका उपलब्धि जनतामाझ र जनताका आवश्यकता र समस्या सरकारमाझ लैजान पुलको काम गर्नुपर्नेमा उनको जोड थियो। सरकारका प्रवक्ता शर्माले सार्वजनिक प्रशासन ऐनको तर्जुमा भइरहेको जानकारी दिँदै सरकारले गरेका काम व्यवस्थित ढङ्गले जनतासमक्ष लैजान संस्थानका पदाधिकारीलाई निर्देशन दिइन्।

मन्त्री शर्माले सामाजिक सञ्जाल र सञ्चार माध्यमलाई जिम्मेवार बनाउनुपर्ने बताउँदै गोरखापत्रले विशेष लेख र सम्पादकीयमार्फत आफ्ना पाठकलाई आकर्षित गर्नुपर्ने बताउनुभयो । व्यक्तिले गरेका गल्ती व्यवस्थासँग गाँस्न नहुने बताउँदै उनले परिवर्तित व्यवस्थालाई बलियो बनाउन गोरखापत्रले लेख र रचनाका माध्यमबाट महत्त्वपूर्ण निर्वाह गर्न सक्ने भएकाले त्यसतर्फ लाग्न निर्देशन दिइन्।

उनले गोरखापत्र संस्थानले दक्ष जनशक्ति प्रकाशन गृहमा राख्नुपर्ने भन्दै नेपालीको वेशभूषा र संस्कृतिलाई समेटी सिर्जनात्मक ढङ्गले जनताका माझ विषयवस्तु लैजानुपर्ने बताइन्।

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्रका लागि राज्य, नागरिक र बजार धर्म रहेको चर्चा गरे। उनले सरकारका सकारात्मक उपब्धिहरुलाई समर्थन, प्रवद्र्धन र प्रसारण गर्ने प्रतिबद्धता व्यक्त गर्दै राज्यप्रतिको जिम्मेवारीमा गोरखापत्र सचेत रहेको बताए।

प्रकाशित मिति: १९:५० बजे, आइतबार, पुस ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्