१२खरी कथा लेखन प्रतियोगितामा मनोजबाबु पन्तको ‘बुढो लाँकुरीको रुख’ प्रथम

काठमाडौं, पुस ८ : ‘डिस होम १२खरी कथा लेखन प्रतियोगिता–२०८०’ मा मनोजबाबु पन्तको ‘बुढो लाँकुरीको रुख’ प्रथम भएको छ ।
आइतबार काठमाडौंमा पाँचौं संस्करणको कथा प्रतियोगिताको विजेता घोषणा कार्यक्रममा पन्तको ‘बुढो लाँकुरीको रुख’ प्रथम, प्रमोद प्याकुरेलको कथा ‘काँचुली’ दोस्रो र विजय हितानको कथा ‘चेपाङ, चमेरो र चिउरी’ तेस्रो भएको जानकारी दिइएको हो ।
कार्यक्रमका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले प्रथम, द्वितीय र तृतीय कथाकारहरु मनोजबाबु पन्त, प्रमोद प्याकुरेल र विजय हितानलाई क्रमशः रु. एक लाख, साठी हजार तथा चालीस हजार नगद पुरस्कार प्रमाणपत्र प्रदान गरे।
सो अवसरमा बाह्रखरी उत्कृष्ट कथा २०८०’ कथाकृतिको लोकार्पण गरिएको थियो।
प्रकाशित मिति: १७:१० बजे, आइतबार, पुस ८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












![सुनिल थापालाई अन्तिम श्रद्धाञ्जली [तस्बिरहरु]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1770543019.jpg)