Kathmandu Press

स्याङ्जाको कोल्मामा क्रस कन्ट्री दौड प्रतियोगिता सम्पन्न, सेनाका तामाङ च्याम्पियन 

शनिवार सम्पन्न प्रतियोगितामा ५ किमी, १० किमी र २१ किलोमिटरको दौड सञ्चालन भएको थियो । जसमा २५ किलोमिटर पुरुष तर्फ गोपाल तामाङ त्रिभुवन आर्मी क्लब प्रथम, सञ्जय श्रेष्ठ गोरखा दोस्रो र शुसीलकुमार शाही हुम्ला तृतीय भएका छन् । 
स्याङ्जाको कोल्मामा क्रस कन्ट्री दौड प्रतियोगिता सम्पन्न, सेनाका तामाङ च्याम्पियन 

स्याङ्जा, पुस ८ : स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं ९ कोल्मामा राष्ट्रियस्तरको क्रस कन्ट्री दौड प्रतियोगिता सम्पन्न भएको छ । 

शनिवार सम्पन्न प्रतियोगितामा ५ किमी, १० किमी र २१ किलोमिटरको दौड सञ्चालन भएको थियो । जसमा २५ किलोमिटर पुरुष तर्फ गोपाल तामाङ त्रिभुवन आर्मी क्लब प्रथम, सञ्जय श्रेष्ठ गोरखा दोस्रो र शुसीलकुमार शाही हुम्ला तृतीय भएका छन् । 

Hardik ivf

पहिलो हुने तामाङले ५० हजार, दोस्रो हुने श्रेष्ठले ४० हजार र तेस्रो हुने शाहीले ३० हजार नगद प्राप्त गरे । १० किलोमिटर पुरुषतर्फ सनम गुरुङ तनहुँ प्रथम, तेन्जन रोका पोखरा द्वितीय र मनोज रोका पोखरा तृतीय भएका छन् । प्रथम गुरुङले २० हजार, दोस्रो तेन्जनले १५ हजार र तृतीय हुने मनोजले १० हजार पुरस्कार र मेडल प्राप्त गरेका छन् ।

५ किलोमिटर महिलातर्फ राममाया बुढा जुम्ला प्रथम, सुस्मिता कुमारी चौधरी दाङ दोस्रो र नितेश तामाङ पोखराबाट तृतीय भएका छन् । विजेता खेलाडीहरुले प्रथम बुढाले १५ हजार, दोस्रो चौधरीले १० हजार र तृतीय तामाङले ५ हजार पुरस्कार प्राप्त गरेका छन् ।

कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास मन्त्री शुसीला सिंखडा, पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मी, गण्डकी प्रदेश पूर्व मन्त्री मेखलाल श्रेष्ठ, गण्डकी प्रदेशका पूर्व सांसद मीनप्रसाद गुरुङ, वडाध्यक्ष, कलाकार तथा खेलाडीहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

प्रकाशित मिति: ०८:०२ बजे, आइतबार, पुस ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्