Kathmandu Press

बुटबलसँग वीरगञ्ज स्तब्ध, प्लेअफ पुग्न असफल

शनिबार दिउँसो दशरथ रंगशालामा भएको खेलमा इन्जुरी समयमा गोल खाएपछि वीरगञ्ज बुटबल लुम्बिनी एफसीसँग १–०ले पराजित भयो।
बुटबलसँग वीरगञ्ज स्तब्ध, प्लेअफ पुग्न असफल

काठमाडौं, पुस ७ : लिगको अन्तिम खेलका पराजित भएपछि वीरगञ्ज युनाइटेड दोस्रो संस्करणको नेपाल सुपर लिगमा प्लेअफ पुग्न असफल भएको छ। शनिबार दिउँसो दशरथ रंगशालामा भएको खेलमा इन्जुरी समयमा गोल खाएपछि वीरगञ्ज बुटबल लुम्बिनी एफसीसँग १–०ले पराजित भयो।

बुटबलविरुद्ध जित निकालेको भए वीरगञ्ज प्लेअफ पुग्नसक्यो। प्लेअफ सम्भावना रहेको वीरगञ्ज पराजयपछि ८ अंकसति पुछारबाट दोस्रो भयो। यता, अन्तिम खेलमा जित निकालेको बुटबल पुछारबाट तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। उसको १० अंक छ।

Hardik ivf

बुटबललाई जित दिलाउन इन्जुरी समयमा चन्दन दासले गोल गरेका थिए। उनले कप्तान एरिक विगष्टको पासमा गोल गरेका छन्।

अब एनसएलको प्लेअफ पुग्ने दुई टिमको टुंगो आजै हुने ललितपुर सिटी एफसी र काठमाडौं रेजर्सबीचको खेलबाट लाग्नेछ। पोखरा थन्डर्स र धनगढी एफसीले प्लेअफ स्थान बनाइसकेका छन्।

प्रकाशित मिति: १६:१४ बजे, शनिबार, पुस ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्