Kathmandu Press

बार एशोसिएशनले मनायाे ६८औं स्थापना दिवस

बार एशोसिएशनले मनायाे ६८औं स्थापना दिवस

काठमाडाैं, पुस ७ : कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसिएशनले ६८औं स्थापना दिवस मनाएको छ।

एशोसिएशनले विकृति विसंगति तथा भ्रष्ट्रचारमुक्त न्यायपालिका : व्यावसायिक हक, प्रतिष्ठा र पेशगत मर्यादा भन्ने नाराका साथ ६८ औं बार डे मनाएको हो।

Hardik ivf

दिवसका अवसरमा बार परिसर रामशाहपथमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलगाएत सर्वोच्चका न्यायाधिश, बारका पदाधिकारी तथा अधिवक्ताहरु सहभागी थिए।

कार्यक्रममा बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले पहिलो बार कार्यसमितिमा रहेका ९ जना कार्यसमिति सदस्यहरुको तस्वीरमा माल्र्यापण गरेर बार डे मनाइएको बताए। स्वतन्त्र र जनउत्तरदायी न्यायपालिका, विधिको शासन, लोकतन्त्र र मानवअधिकारको रक्षाका लागि प्रतिवद्ध हुदै बार डे मनाइएको उनको भनाइ छ।

२०१३ साल पुस ७ गते स्थापना भएको बार एशोसिएशनले प्रत्येक वर्ष पुस ७ गते बार डे मनाउँदै आएको छ। 

प्रकाशित मिति: १४:४३ बजे, शनिबार, पुस ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्