Kathmandu Press

गोलकिपर विशाल श्रेष्ठले लिए राष्ट्रिय टिमबाट सन्न्यास

राष्ट्रिय टिममा परेको दशकपछि सन् २०२१ दशरथ रंगशालामा भारतविरुद्ध खेलको अन्त्यतिर किरण चेम्जोङलाई रिप्लेस गर्दै डेब्यूको अवसर पाएका थिए। त्यो उनको राष्ट्रिय टिमको अन्तिम खेल बन्यो।
गोलकिपर विशाल श्रेष्ठले लिए राष्ट्रिय टिमबाट सन्न्यास

काठमाडाैं, पुस ७ : गोलकिपर विशाल श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका छन्। चितवन एफसीका कप्तान विशालले नेपाल सुपर लिगमा शुक्रबार झापा एफसीलाई लाई २–०ले हराएपछि पोस्ट म्याच कन्फ्रेन्समा बोल्दै राष्ट्रिय टिमबाट विदा लिएको बताए।

जारी लिगमा विशालको टिम चितवनको यो अन्तिम खेल हो। नयाँ गोलकिपरलाई अवसर दिनुपर्छ भन्ने सोचका साथ संन्यास लिएको उनको भनाइ छ। भारतको बैंगलोरमा साफ च्याम्पियनसिप भइरहेका बेला संन्यासबारे सोच बनाए पनि अहिले घोषणाको उपयुक्त समय भएको विशालले बताए।

Hardik ivf

घरेलु फुटबलमा सानदार करिअर रहे पनि विशालले राष्ट्रिय टिमबाट त्यति अवसर पाएनन्। उनले २०७८ भदौमा दशरथ रंगशालामा भएको भारतसँगको मैत्रीपूर्ण खेलमा सब्सिच्युट गोलकिपरका रुपमा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए।

राष्ट्रिय टिममा लामे रहेपछि उनले एक खेल मात्र खेल्ने मौका पाए। उनीले सन् २०२१ दशरथ रंगशालामा भारतविरुद्ध खेलको अन्त्यतिर किरण चेम्जोङलाई रिप्लेस गर्दै डेब्यूको अवसर पाएका थिए। त्यो उनको राष्ट्रिय टिमको अन्तिम खेल बन्यो।

घरेलु फुटबलका सफल गोलकिपर विशाल एन्फा एकेडेमीका उत्पादन हुन्। उनले मनाङ मर्स्याङ्दी र मछिन्द्र क्लबबाट ए डिभिजन लिग उपाधि जितेका छन्।

 

प्रकाशित मिति: १२:२४ बजे, शनिबार, पुस ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्