सुनको मूल्य तोलामा २ हजार र चाँदीको मूल्य ३० रुपैयाँले बढ्याे

काठमाडौं, पुस ६ : पुसको पहिलो साता सुनको मूल्य तोलामा २ हजार रुपैयाँ र चाँदीको मूल्य ३० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य १ लाख १९ हजार ८ सय रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख १९ हजार २५० रुपैयाँ र चाँदीको मूल्य एक हजार ४८५ रुपैयाँ कायम भएको छ। यो मूल्य यसअघिकाे कारोबार दिनको तुलनामा सुन तोलाकाे ८ सय र चाँदी ५ रुपैयाँले बढी हो ।
एक साताको बजार मूल्य हेर्दा सुन तोलाकाे १ लाख १७ हजार ८०० रुपैयाँबाट बढेर १ लाख १९ हजार ८ सय रुपैयाँ पुग्यो भने चाँदीको मूल्य तोलामा १ हजार ४५५ रुपैयाँबाट बढेर १ हजार ४८५ रुपैयाँ कायम भयाे।
प्रकाशित मिति: १४:११ बजे, शुक्रबार, पुस ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












