पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु
गुल्मीबाट पाल्पाका लागि छुटेको रा १ ख २४०४ नम्बरको टिपर सडकबाट खस्दा रिब्दीकोट गाउँपालिका ३ का विष्णु ढकालको ज्यान गएको हो ।
काठमाडौं, पुस ६ : पाल्पामा गएराति टिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।
गुल्मीबाट पाल्पाका लागि छुटेको रा १ ख २४०४ नम्बरको टिपर सडकबाट खस्दा रिब्दीकोट गाउँपालिका ३ का विष्णु ढकालको ज्यान गएको हो ।
दुर्घटनामा दाङको घोराही उपमहानगरपालिका १२ का यमराज पुन र त्रिवेणी गाउँपालिका ५ रोल्पाका हिमाल घर्ती घाइते भएका \छन् । घाइते दुवै जनाको तानसेनको युनाइटेड मिसन अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ०८:३६ बजे, शुक्रबार, पुस ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार