‘एक्सपो मेलाले नेपालमा उत्पादित जडीबुटीजन्य वस्तुहरुलाई प्रशोधन र प्रवर्धन गर्न मद्दत गर्छ’
तेस्रो नेपाल फार्मा एण्ड हेल्थ इन्टरनेशनल एक्स्पो २०२३ को अनुगमन गर्ने क्रममा उनले भारतीय व्यवसायीहरुले मेला मार्फत नेपालमा लगानी गर्ने चाहना व्यक्त गरेको भन्दै यसले दुवै देशलाई फाइदा हुने बताए।काठमाडौं, पुस ५ : नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले एक्सपो मेलाले नेपालमा उत्पादित जडिबुटीजन्य वस्तुहरुलाई प्रशोधन र प्रवर्धन गर्न मद्दत गर्ने बताएका छन्।
तेस्रो नेपाल फार्मा एण्ड हेल्थ इन्टरनेशनल एक्स्पो २०२३ को अनुगमन गर्ने क्रममा उनले भारतीय व्यवसायीहरुले मेला मार्फत नेपालमा लगानी गर्ने चाहना व्यक्त गरेको भन्दै यसले दुवै देशलाई फाइदा हुने बताए।
उनले भने, ‘यो मेलामा आएका भारतीय उद्यामी व्यवसायहरुलाई नेपाली कम्पनीहरुसँग बिटुबिको मार्फत व्यवसाय पनि गर्न पाउने अवसर प्रदान गर्नुको साथै हामीले पनि नेपालमा उत्पादित जडिबुटिजन्य कुराहरुलाई प्रशोधन र प्रवद्र्धन गरेर स्वदेश र निर्यात गर्ने किसिमको कम्पनीहरु पनि रहेको हुनाले यो एकदमै सकारात्मक छ।’
नेपालको अर्थतन्त्र सुस्त रहेको अवस्थामा यो मेलाले मेडिकल टुरिजमदेखि हरेक क्षेत्रको विकास गर्न सहयोग गर्ने पनि उनको भनाई छ। उनले आगामी दिनमा भारतीय कम्पनीहरुसँग नेपाल चेम्बर अफ कमर्श सहकार्य गरेर मुलुकको उत्तपादन विधिको लागि काम गर्ने प्रतिबद्धता पनि जनाएका छन्।