सुनको भाउ स्थिर,चाँदीको बढ्यो
आज चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ। चाँदी आज १४ सय ८० रुपैयाँ प्रतितोला पुगेको हो।
काठमाडौं, पुस ५ : नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल र तेजाबी सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ बढेको छ।
बुधबार तोलामा १ हजार रुपैयाँले बढेर १ लाख १९ हजार प्रतितोला पुगेको सुन बिहीबार भने स्थिर छ। छापावाला सुन आज १ लाख १९ हजार प्रतितोलामै कारोबार हुने महासंघले जनाएको छ। तेजाबी सुनको मूल्य पनि स्थिर, १ लाख १८ हजार ४५० रुपैयाँ रहेको छ।
यस्तै, आज चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ। चाँदी आज १४ सय ८० रुपैयाँ प्रतितोला पुगेको हो।
प्रकाशित मिति: १२:१७ बजे, बिहीबार, पुस ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












