Kathmandu Press

वेस्टहममाथि सानदार जित निकाल्दै लिभरपुल इएफएल कपको सेमिफाइनलमा

बुधवार राति भएको खेलमा वेस्टहममाथि ५–१को सानदार जित निकल्दै लिभरपुल सेमिफाइनल पुगेको हो।
वेस्टहममाथि सानदार जित निकाल्दै लिभरपुल इएफएल कपको सेमिफाइनलमा

काठमाडौं, पुस ५ : ग्लिस क्लब लिभरपुलले इएफएल कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ। बुधवार राति भएको खेलमा वेस्टहममाथि ५–१को सानदार जित निकल्दै लिभरपुल सेमिफाइनल पुगेको हो।

लिभरपुललाई जित दिलाउन कर्टिस जोन्सले २ गोल गरे भने डोमोनिक सोबोस्लाइ, कोडी गाक्पो र मोहम्मद सलाहले गोल गरेका थिए। वेस्टह्यामका जारोड बोवानले एक गोल फर्काए ।

Hardik ivf

२८ औं मिनेटमा सोबोस्लाइको गोलमा लिभरपुलले सुरुआती अग्रता लियो। पहिलो हाफमा १ गोल गरेको लिभरपुलले दोस्रो हाफमा ४ गोल थपेको थियो।

५६औं मिनेटमा जोन्सले लिभरपुलको अग्रता दोब्बर बनाए। गाक्पोले ७१औंमा गोल गरेपछि लिभरपुले खेलमा ३–०को अग्रता लियो। तर, ७७औं मिनेटमा बोवानले गोल गर्दै वेस्टहमलाई खेलमा फर्काउने प्रयास गरे।

८२औं सलाह र ८४औं मिनेटमा जोन्सले गोल गरेपछि लिभरपुल ५–१को सानदार जितसहित सेमिफाइलन पुग्यो।

योसँगै इएफएल कपको सेमिफाइनल समीकरण पुरा भएको छ। मंगलबार राति नै आ–आफ्नो खेल जित्दै चेल्सी, फुलहम र मिडल्सवर्गले सेमिफाइनलमा स्थान बनाइसकेका थिए।

 

प्रकाशित मिति: ११:०९ बजे, बिहीबार, पुस ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्