Kathmandu Press

आइसीसी सदस्य छनोटमा राजनीतिक हस्तक्षेप भएको भन्दै एनआरएनएमा विवाद

राजनीतिक हस्तक्षेपको घोर विरोध गरेको हालै निर्वाचित एनआरएनए टोली पनि आइसिसीको मेम्बर छनोटमा राजनीतिक हस्तक्षेपबाट मुक्त हुन नसकेको हो । एनआरएनएका आईसीसी मेम्बरमा विश्वभरीका विभिन्न नेपाली समुदायहरू, व्यवसायी,युवा, महिला लगायतलाई मनोनयन गर्ने अधिकार निर्वाचित एनआरएनएको टिमलाई रहन्छ ।
आइसीसी सदस्य छनोटमा राजनीतिक हस्तक्षेप भएको भन्दै एनआरएनएमा विवाद

काठमाडौं, पुस ५ : गैरआवासीय नेपाली संघ (एनआरएनए) को आईसीसी सदस्य छनोटमा राजनीतिक हस्तक्षेप भएको भन्दै विवाद सुरू भएको छ।

राजनीतिक हस्तक्षेपको घोर विरोध गरेको हालै निर्वाचित एनआरएनए टोली पनि आइसिसीको मेम्बर छनोटमा राजनीतिक हस्तक्षेपबाट मुक्त हुन नसकेको हो । एनआरएनएका आईसीसी मेम्बरमा विश्वभरीका विभिन्न नेपाली समुदायहरू, व्यवसायी,युवा, महिला लगायतलाई मनोनयन गर्ने अधिकार निर्वाचित एनआरएनएको टिमलाई रहन्छ ।

मनोनयनको क्रममा एनआरएनए बद्री केसी तथा हेमराज शर्माको टोलीले राजनीतिक भागबण्डा गरेर मेम्बर चयन गरेको अहिले चर्चामा छ । जसमा एमाले र कांग्रेसका भातृ संगठनहरू मिली मनोनयन गरी सिफारिस गरी पठाएका राजनीतिक कार्यकर्तालाई आईसीसी सदस्यमा छनोट गरेको छ ।

Hardik ivf

राजनीतिक पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आईसीसी सदस्यमा ल्याउँदा राम्रो संन्देश नगएको सरोकारवालाहरू बताउँछन् । एनआरएनएको आईसीसी सदस्यमा नेपालबाट बाहिर रहेका युवा, व्यवसायी तथा महिला भएका पृष्ठभूमी भएकालाई फालेर आफ्नो कार्यसमितिमा राजनीतिक पृष्ठभूमि भएकालाई हालेपछि विरोध हुन थालेको छ ।

आइसिसि सदस्य मनोनयनमा पर्नेमा तारानाथ बोहरा एमडी (युएई), अर्जुन गुरुङ (बेल्जियम), डा मुकुन्द बाँस्तोला (यूके), सरस्वती केसी (यूके), शान्ति अर्याल अधिकारी (पोर्चुगल), सम्राट थापा (क्यानाडा), रविन बज्राचार्य (अमेरिका), मनिता ढुंगाना (अमेरिका), ईश्वरी भट्ट (अमेरिका), भुवन आचार्य (अमेरिका), विनोद भट्ट (अमेरिका), डा अन्जु खरेल (अमेरिका), र हेमन्त काफ्ले (अष्ट्रेलिया) रहेका छन् । यसैगरी चिरन शर्मा (यूके), पूर्णनाथ घिमिरे (अष्ट्रेलिया), रामप्रसाद घिमिरे (अष्ट्रेलिया), बाबुराम भण्डारी (जापान), सरिता ढकाल (जापान), ज्योति शर्मा (इजरायल), डा सञ्जु पौडेल (कोरिया) र विनेश तामाङ रहेका छन् ।

यस्तै, सल्लाहकारहरूमा अतुल कोईराला, ओम गुरुङ , चिरन्जीबी ढकाल, देवि वस्नेत, प्रीतम श्रेष्ठ, रमेश पाण्डे, नारायण काफ्ले, दिनेश जोशी, सूर्य गुरुङ, भैरव ढकाल रहेका छन् । यसैगरी गोविन्द गौतम, टेकराज निरौला, हिराधन राई, संजय थापा, शिव वरुवाल, टिबी कार्की, कलममणी गुरागाई, होमनाथ शर्मा , रमेश पाण्ड, सन्जिव सापकोटा, यमुना भट्टराई, र रमेश थापा रहेका छन् ।

मनोनीत हुनेमा उपाध्यक्ष रामशरण सिम्खडाकी बहिनी सरस्वती, हेमराज शर्माका भाइ चिरनदेखि रोजिना प्रधानका श्रीमान हिराधन,एनआरएनए अमेरिकाका अध्यक्ष अर्जुन बन्जाडेको श्रीमती अन्जु खरेल,प्रवासी नेपाली मंच अन्तरास्ट्रिय कमिटीका अध्यक्ष संजय थापा रहेका छन् । 

यस्तै केसी समूहका अधिकांश पदाधिकारीका आफन्त ,नातागोता र प्रवासी नेपाली मंचका नेताहरू मनोनितमा परेका छन् । यो प्रकरणले एनआरएनएभित्र थप विवाद बढ्ने र संस्थाको गरिमामा थप प्रश्न उठ्ने अभियन्ताहरूको भनाइ छ ।

पदमा बसेकाले आफ्ना नातेदारलाई स्वार्थ बाझिनेगरी पदमा राख्न नहुने कुरा एकातिर छ भने अर्को तिर भावी पुस्ताका युवालाई यो संस्थामा आवद्ध हुनका लागि हतोत्साही हुने कुरा नकार्न नसकिने अभियन्ताहरू बताउँछन् । 

राजनीतिक भागबण्डाको आधारमा संघको पद बाँड्दा यो संस्थालाई पनि राजनीतिक संस्थाको रुपमा हेर्न थालिएको संघभित्रै गुनासो बढ्न थालेको छ ।

प्रकाशित मिति: ०८:२८ बजे, बिहीबार, पुस ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्