तीन प्रदेशमा आंशिक बदली, तराईमा हुस्सु
बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको जनाइएको छ ।
काठमाडौं, पुस ५ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीको अवस्था छ।
बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको जनाइएको छ ।
दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहने अवस्था महाशाखाले पूर्वानुमान गरेको छ।
प्रकाशित मिति: ०८:१३ बजे, बिहीबार, पुस ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार