Kathmandu Press

दुई जना प्रतिवादीलाइ जीवित रहेसम्म कैद सजायको फैसला

दुई जना प्रतिवादीलाइ जीवित रहेसम्म कैद सजायको फैसला

उदयपुर, पुस ४ : उदयपुर जिल्ला अदालतले दुई जना प्रतिवादीहरुलाइ जीवित रहेसम्म (जन्म कैद) कैद सजायको फैसला गरेको छ।

त्रियुगा नगरपालिका वडा नं. ६ मोहनपुर कि १६ वर्षीया कृसला चौधरीको जवरजस्ती करणी गरि हत्या गरेको आरोपमा पक्राउ परेका सप्तरी जिल्ला सुरुङ्गा नगरपालिका वडा नं. १ बस्ने बर्ष २७ को उचित लाल सदा र सोही ठाउँ बस्ने बर्ष २३ को विषे भन्ने विषय सदालाई जीवित रहेसम्म (जन्म कैद) कैद सजायको फैसला सुनाइएको उदयपुर जिल्ला अदालतका सुचना अधिकारी बुद्धराज निरौलाले जानकारी दिए।

Hardik ivf

सुचना अधिकारी निरौलाका अनुसार उनीहरु उनीहरुलाई जीवित रहेसम्म (जन्म कैद) कैद सजायको फैसला संगै जनही तीन लाख पीडित परिवारलाई प्रतिवादीको सम्पति बाट भराउने र तत्काल पीडित राहत कोषबाट दुई लाख पीडितको नजिकको हकदारलाई उपलब्ध गराउने फैसला भएको छ।

२०७८ साल साउन १३ गते घरबाट बेपत्ता भएकी मृतक कृसलाको २०७८ साल  साउन १९ उदयपुर जिल्ला त्रियुगा नगरपालिका वडा नं. १ स्थित राजदेवी सामुदायिक वनको रातमाटे खहरे खोलामा शव भेटिएको थियो। मृतक कृसला चौधरीको वुवा प्रेम कुमार चौधरीले दिएको किटानी जाहेरीका आधारमा २०७८ साला भदौ २१ गते उदयपुर जिल्ला अदालतमा मुद्धा दायर भएको थियो। उदयपुर जिल्ला अदालतले यसअघी पनि छुट्टा छुट्टै प्रकृतिका दुई मुद्धाका प्रतिवादीलाई जीवित रहेसम्म (जन्म कैद) कैद हुने फैसला गरेको थियो।

प्रकाशित मिति: १७:३३ बजे, बुधबार, पुस ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्