वीरगञ्ज महानगरले हटायो स्वयंसेवक शिक्षक
वीरगञ्ज (पर्सा), पुस ४ : पर्साको वीरगञ्ज महानगरपालिकाले यही पुस १ गतेदेखि लागू हुने गरी स्वयम्सेवक शिक्षकलाई सेवाबाट हटाएको छ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईका अनुसार महानगरपालिका क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा कार्यरत सबै स्वयम्सेवक शिक्षकलाई हटाइएको जानकारी दिए।
नगर शिक्षा समितिको मङ्गलबार बसेको बैठकले सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण स्वयम्सेवक शिक्षकलाई हटाउने निर्णय गरेको थियो।
महानगरपालिकाले गत साउन १ गतेदेखि आधारभूत तह र माध्यमिक तहमा एक सय ५७ स्वयम्सेवक शिक्षक राखेको थियो।
प्रकाशित मिति: १५:४५ बजे, बुधबार, पुस ४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्भरमा समस्या आएपछि पाँच दिनदेखि प्रभावित भएको राहदानीको काम आंशिक सुचारूआइतबार, मंसिर ९, २०८१
ओमानका पूर्वकप्तान जिसन मक्सूद कर्णाली याक्समा अनुबन्धआइतबार, मंसिर ९, २०८१
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशनआइतबार, मंसिर ९, २०८१
गाजामा इजरायली ड्रोन आक्रमणबाट अस्पताल प्रमुख घाइतेआइतबार, मंसिर ९, २०८१