कञ्चनपुरमा चरेस र खैरो हेरोईनसहित ४ जना पक्राउ

काठमाडौं, पुस ४ : कञ्चनपुरमा चरेस र खैरो हेरोईनसहित चार जना पक्राउ परेका छन्।
जिल्लाको बेदकोट नगरपालिका–७ बसन्तपुरबाट लागुऔषध (चरेस) ०.७१ ग्राम र ०.०६ ग्राम (खैरो हेरोईन)सहित भिमदत्त नगरपालिका–२ बस्ने २३ वर्षीय हरिश चन्दसहित चार जना गएराति पक्राउ परेका हुन्।
प्रहरी चौकी सुडाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट उक्त पदार्थ फेला पारी चारै जनालाई पक्राउ गरेको जनाएको छ। थप यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १४:४७ बजे, बुधबार, पुस ४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
