Kathmandu Press

कञ्चनपुरमा चरेस र खैरो हेरोईनसहित ४ जना पक्राउ

कञ्चनपुरमा चरेस र खैरो हेरोईनसहित ४ जना पक्राउ
Hardik ivf

काठमाडौं, पुस ४ : कञ्चनपुरमा चरेस र खैरो हेरोईनसहित चार जना पक्राउ परेका छन्।

जिल्लाको बेदकोट नगरपालिका–७ बसन्तपुरबाट लागुऔषध (चरेस) ०.७१ ग्राम र ०.०६ ग्राम (खैरो हेरोईन)सहित भिमदत्त नगरपालिका–२ बस्ने २३ वर्षीय हरिश चन्दसहित चार जना गएराति पक्राउ परेका हुन्।

प्रहरी चौकी सुडाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट उक्त पदार्थ फेला पारी चारै जनालाई पक्राउ गरेको जनाएको छ। थप यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: १४:४७ बजे, बुधबार, पुस ४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्