Kathmandu Press

एकल महिलालाई दुर्व्यवहार गरेका फरार प्रतिवादी पक्राउ

एकल महिलालाई दुर्व्यवहार गरेका फरार प्रतिवादी पक्राउ

काठमाडौं, पुस ४ : एकल महिलालाई दुर्व्यवहार गरेको अभियोग लागेका एक जनालाई प्रहरीले बाँकेबाट पक्राउ गरेको छ। 

एकल महिलाई दुव्र्यवहार गरेको अभियोगमा प्रहरीले गुल्मीको सत्यवति गाउँपालिकाका ४४ वर्षीय डिलबहादुर गलामी लाई पक्राउ गरेको हो। 

गलामीले म्यासेजिङ एपमा एक जना एकल महिलासँगको वार्तालापको स्क्रिन रेकर्ड गरेको र पछि उक्त रेकर्ड सम्पादन गरी सामाजिक सञ्जालमा अश्लील सन्देशसहित पोस्ट गरेर चरित्रहत्या गरेको साइबर ब्युरोले जनाएको छ। 

पीडित महिलाले उनीविरुद्ध साइबर ब्युरोमा निवेदन दिएकी थिइन्। ब्युरोले उनीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३, अपराधको कसुरमा गत भदौ २६ गते मुद्दा दर्ता गरेको थियो। 

तर, उनी फरार रहेका थिए। आज उनलाई काठमाडौं जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १३:५० बजे, बुधबार, पुस ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्