Kathmandu Press

पूर्वमन्त्री न्यौपानेको निधन

पूर्वमन्त्री न्यौपानेको निधन

मान्म (कालीकोट), पुस ४ : नेपाल सरकारका पूर्वसूचना तथा सञ्चार सहायकमन्त्री यज्ञराज न्यौपानेको निधन भएको छ। कलेजो रोगले ग्रसित न्यौपानेको उपचारका क्रममा आज बिहान ४ बजे भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा निधन भएको हो। 

मिर्गौला रोगपीडितसमेत रहनुभएका पूर्णमन्त्री न्यौपानेको उपचारका क्रममा अस्पतालमै निधन भएको उनका आफन्त रहेका अधिवक्ता उमाकान्त न्यौपानेले बताए। उनका अनुसार न्यौपानेको तीन महिनादेखि भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा उपचार भइरहेको थियो।

Hardik ivf

दुई छोरा र तीन छोरी रहेका न्यौपानेका एक छोरा दुबईमा रहेकाले नेपाल फर्केपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने न्यौपानेले जानकारी दिए। 

२०५१ मा कालीकोटमा एमालेबाट प्रतिनिधिसभामा निर्वाचित न्यौपाने सूचना तथा सञ्चार सहायकमन्त्री भएका थिए। कालीकोटको रास्कोट नगरपालिका–८ को फुकोट गाउँमा जन्मिएका न्यौपाने साबिकको फुकोट गाउँ विकास समितिको अध्यक्षमा समेत निर्वाचित भएका थिए।

प्रकाशित मिति: १३:४३ बजे, बुधबार, पुस ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्