जितसँगै पोखरा प्लेअफमा, बुटबलको सम्भावना कमजोर
दशरथ रंगशालामा मंगलकार साँझ भएको खेलमा बुटबल लुम्बिनी एफसीलाई १–०ले हराउँदै पोखराले प्लेअफमा स्थान पक्का गरेको हो।
काठमाडौं, पुस ३ : पोखरा थन्डर्स जारी नेपाल सुपर लिगको प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ। दशरथ रंगशालामा मंगलकार साँझ भएको खेलमा बुटबल लुम्बिनी एफसीलाई १–०ले हराउँदै पोखराले प्लेअफमा स्थान पक्का गरेको हो।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पोखरालाई जित दिलाउन मोसेस ग्याबाह गोल गरे। बराबरीतफए उन्मूख खेलको दोस्रो हाफको इन्जुरी समयको छैटौं मिनेटमा उनले गोल गरेका थिए।
जितसँगै ७ खेलमा १४ अंकसहित पोखरा शीर्ष स्थानमा उक्लिएको छ। अब ऊ अन्तिम खेलमा पराजित भएपनि प्लेअफमा पुग्छ। अब पोखराले धनगढी एफसीसँग खेल्न बाँकी छ।
यता, हारपछि बुटबलको प्लेअफ सम्भावना कमजोर बनेको छ। उ ७ खेलमा ७ अंक नै जोड्दै छैटौं स्थानमा छ। अब उसले अन्तिम खेलमा वीरगञ्ज युनाइटेडलाई हराएपछि उसको प्लेअफ सुरक्षित हुँदैन। चौथो स्थानको काठमाडौं र पाँचौं स्थानको झापा एफसी बाँकी खेलमा पराजित हुनुपर्ने छ।












